Khabar Samachar

अवैध लागुऔषध गाँजा सहित ५ जना पक्राउ

204
VIEWS

मकवानपुर, मनहरी गाउँपालिका- ६ स्थित सडकबाट ३५ केजी अवैध लागुऔषध गाँजा सहित ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१ बस्ने १९ वर्षीय सरोज तामाङ, सोही नगरपालिका-११ बस्ने २५ वर्षीय सूर्य बहादुर स्याङबो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबी लाल तामाङ् रहेका छन् । चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.८ ख ८१०६ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित