Khabar Samachar

प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा कलाकार राजु मास्टर र बल्छी धुर्वेसहित ८ जना पक्राउ

247
VIEWS

अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) लिलाराज डाँगीले जानकारी  दिए ।

डीएसपी डाँगीका अनुसार पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल, पवन खितवडा, एलिस राई, ज्वलन घर्ति मगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगमन नेपाली रहेका छन् । प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो । पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित