Khabar Samachar

Search
Close this search box.

महानगरले बन्द गरायो भृकुटीमण्डपको शैक्षिक मेला

203
VIEWS

प्रक्रिया पूरा गरेर सञ्चालन नगरेको भन्दै महानगरले भृकुटीमण्डपमा सन्चालित शैक्षिक मेला एक दिनको लागि बन्द गरएको छ । महानगरसँग समन्वय नगरी थ्रिडी बनाएको भन्दै आज एकदिनका लागि प्रदर्शनीस्थल बन्द गरिएकाे छ ।

आयोजकले महानगरलाई आज बिहानमात्रै मेला आयोजना गर्न लागेको जानकारी दिएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । साथै मेलामा कलेजहरु सहभागी भएका विद्यार्थीको विवरण टिपेर राखेकाले आज बन्द गराएको उनले बताए ।
उच्च शिक्षाका लागि उत्कृष्ट कलेज खोजिरहेका विद्यार्थीलाई लक्षित गरेर हिसानले एडुफेयर (शैक्षिक मेला) भृकुटीमण्डपमा प्रदर्शनीस्थल राखेको थियो ।

आज बिहान सभामुख देवराज घिमिरे र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मेलाको उद्घाटन गरेका थिए । मेलामा ७५ वटाभन्दा बढी शैक्षिक संस्थाका स्टलहरु राखिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित