Khabar Samachar

‘आदिपुरुष’ अहिलेकै अवस्थामा प्रदर्शन गर्दैनौँ – क्यूएफएक्स

210
VIEWS

नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाले हिन्दी कथानक चलचित्र ‘आदिपुरुष’ अहिलेकै अवस्थामा प्रदर्शन नगर्ने भएको छ । बुकिङ खुला गरिसकेको सिनेमा सुरक्षाको कारण देखाउँदै क्यूएफएक्सले रिलिज नगर्ने घोषणा गरेको हो ।

“हाम्रा दर्शकको सुरक्षालाई ध्यानमा राख्दै हामी अर्को सूचना नआएसम्म क्यूएफएक्स सिनेमाघरहरूमा चलचित्र आदिपुरुष रिलिज गर्न असमर्थ छौं,” क्यूएफएक्सले सूचना जारी गर्दै भनेको छ, “यस विषयमा सरकारी निकायबाट स्पष्टीकरणको पर्खाइमा छौं । मुद्दाको समाधान हुनेबित्तिकै सूचना जारी गर्नेछौं ।”

टिकट किनिसकेका दर्शकलाई पैसा फिर्ता गर्ने पनि क्यूएफएक्सले जनाएको छ ।आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्दावली नसच्याएसम्म काठमाडौं महानगरपालिकाले  महानगरभित्र पर्ने हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएपछि क्यूएफएक्सले यस्तो निर्णय गरेको हो ।

कामपाका मेयर बालेन शाहले तीन दिनभित्र फिल्ममा भएको शब्दावली सच्याउन भनेका थिए । नेपालमा मात्र नभएर भारतमासमेत सच्चिनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित