काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मध्यरातमा त्रि बि शिक्षण अस्पताल महाराजगन्जमा पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ ।पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्याइएकाे थियाे ।
स्राेतका अनुसार टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएकाे छ । अहिले उनकाे सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ ।
केही दिन अघि पनि मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उनी अघिल्लाे महिना मात्रै भारतकाे नयाँदिल्लीमा उपचार गरी फर्केका थिए ।
Discussion about this post