बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लाई लागूऔषधको प्रयोगको विषयमा पक्राउ गरेको छ।

शनिबार मध्यरातमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बइको एक क्रुज पार्टीमा छापा मारेको छ । छापा मार्ने क्रममा क्रुजमा बलिउड नायक साहरुख खानका छोरा आर्यन खानसहित विभिन्न धनाढ्य परिवारका व्यक्तिहरु थिए ।

भारतको  लागूऔषध नियन्त्रणसम्बन्धी सरकारी निकाय नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले आर्यनलाई ‘कार्डेलिया द इम्प्रेस’ नामक जहाजमा भएको पार्टीको विषयमा सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका हुन्।

एनसीबी मुम्बईका निर्देशक समीर वानखेडेले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, आर्यन खानसँग यो बिषयमा सोधपुछ चलिरहेको छ ।हिरासतमा लिएका व्यक्तिहरुमा आर्यन खान, अरबाज मर्चेन्ट, मुनमुन धमेचा, नुपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त चोकर र गोमित चोपडा छन् ।

जहाजमा चलिरहेको पार्टीबाट एनसीबीले धेरै मात्रामा लागूऔषध बरामद गरेको बताइएको छ। ‘एमडी कोक’ र ‘हशीश’ नामक दुई किसिमका करोडौं मूल्य बराबरको लागूऔषध बरामद गरिएको छ। 

उनले पार्टीमा सामेल हुन कुनै पैसा नतिरेको बताए । आयोजकले पार्टीमा आमन्त्रित गर्न आफ्नो नामको प्रयोग गरेको आर्यनको दावी छ । भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले आर्यनको मोबाईल फोन पनि जफत गरेको छ र उनको च्याट खोजी गरिरहेको छ।

शाहरुखका छोरा आर्यनले भने कुनैपनि किसिमको लागूऔषध प्रयोग नगरेको बयान दिएका छन्। उनलाई अदालती मुद्दा चलाउने वा नचलाउने भन्ने बारेमा हालसम्म कुनै निर्णय नभएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय