Khabar Samachar

‘हिमालय रोडिज सिजन ४’को उपाधि नसिव तामाङलाई

204
VIEWS

टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज सिजन ४ को उपाधि नसिव तामाङले जितेका छन् । सोमबार राति प्रसारण भएको ग्राण्ड फिनालेमा अर्का फाइनलिस्ट रोशन श्रेष्ठलाई पछि सार्दै नसिवले हिमालय रोडिजको चौथो सिजनको उपाधि हात पारेका हुन् ।

उपाधिसँगै उनले नगद १० लाख रुपैयाँ, यामाहाको स्कुटर र ट्रफी प्राप्त गरे । प्रतिस्पर्धाका लागि लिइएको फाइनल टास्कलाई सबैभन्दा कम समयमा पूरा गरेपछि उनलाई विजेता घोषित गरिएको हो ।

तीन महिना अघिदेखि सुरु भएको हिमालय रोडिजको यो सिजनमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए । यसपटकको संस्करणलाई सिजन अफ सर्भाइभल पनि भनिएको छ । निर्णायकमा रेमन श्रेष्ठ, अनुपविक्रम शाही, दीया मास्के, आशिष राना लाउरे र पहिलो संस्करणका विजेता समन श्रेष्ठ थिए । हिमालय रोडिजको यो सिजनलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित