Khabar Samachar

जेलमा रहेका पललाई उत्कृष्ट नायक अवार्ड, वाचा गर्दै पूजाले लेखिन् यस्तो स्टाटस्

204
VIEWS

नाबालिगलाई बलात्कार गरेको मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा थुनिएका अभिनेता पल शाह उत्कृष्ट नायकको अवार्ड जित्न सफल भएका छन्।
चलचित्र विकास बोर्डमा सोमबार आयोजित बक्स अफिस फिल्म अवार्डमा पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अभिनयबापत उत्कृष्ट नायक ठहरिएका हुन्।

सोही फिल्मबाट पूजा शर्मा पनि उत्कृष्ट नायिका तथा भने सुदर्शन थापाले उत्कृष्ट निर्देशक अवार्ड पाउन सफल भएका छन्। यति मात्र होइन, ‘म यस्तो गीत गाउँछु २’ चलचित्र नै वर्षको सफल चलचित्र ठहरिएको छ।

पल शाह जेलमा भएकाले अवार्ड समारोहमा निर्देशक थापा र नायिका पूजा मात्र अवार्ड लिन उपस्थिति भए। यस क्रममा पलको अवार्ड पनि पूजाले जिम्मा लिएकी थिइन्।

‘म यस्तो गीत गाउँछु २’बाट उत्कृष्ट नायकको अवार्ड पल शाहले जित्दै गर्दा मेरो प्यारो साथी र हाम्रो रियल हिरोलाई धेरै मिस गरिरहेँ’, पूजाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पल, तिम्रा लागि यो अवार्ड समर्पित गर्न चाहन्छौं।’

यस्तो छ, पूजाको पूरा स्टाटस

फागुन ११ गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरको दिन। एक्कासि घटेको ठूलो बज्रपातलाई सहँदै, अनेकथरी कुराहरु सुन्दै हलमा उपस्थित भइरहँदा मैले आँशु रोक्न सकेको थिइनँ। एउटा सन्तान जन्माउन आमाले गर्ने दुःख र पीडाजस्तै हो– चलचित्र निर्माण गरेर हलसम्म ल्याउनु।

आज काठमाडौंमा आयोजना भएको ‘बक्स अफिस फिल्म अवार्ड’मा उत्कृष्ट नायिकाको अवार्ड जित्दै गर्दा प्रसव पीडामा चिच्याएकी एक आमा, सन्तान जन्माएपछि सबै पीडा भुलेर मुस्कुराएझैं म पनि मुस्कुराएकी छु। हुन त अझै पनि दिल खोलेर हाँस्नका लागि आउने सुखद दिनलाई पर्खिरहेकी छु।

‘म यस्तो गीत गाउँछु २’बाट उत्कृष्ट नायकको अवार्ड पल शाहले जित्दै गर्दा मेरो प्यारो साथी र हाम्रो रियल हिरोलाई धेरै मिस गरिरहेँ। पल, तिम्रा लागि यो अवार्ड समर्पित गर्न चाहन्छौं। उत्कृष्ट निर्देशकको अवार्ड जित्नुहुने मेरा गुरु सुदर्शन थापा, ब्लकबस्टर चलचित्रको अवार्ड प्राप्त गरेको हाम्रो चलचित्रलाई माया दिनुहुने दर्शक नै हाम्रा लागि सबै भन्दा प्रिय र विशेष हुनुहुनेछ। दर्शकको साथ पाएपछि अगाडि बढ्न कुनै पनि शक्तिले रोक्न सक्दैन भन्ने पुष्टि यसपटक भएको छ।
अवार्ड आयोकजलाई कामको मूल्यांकनको लागि विशेष धन्यवाद। आगामी दिनमा म र मेरो टिमले अझै उत्कृष्ट चलचित्र दर्शकमाझ ल्याउने वाचा गर्दछौं। जय नेपाली सिनेमा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित