Khabar Samachar

मेलम्चीको पानी सुरुङमा पठाइयो, दुई साताभित्र काठमाडौंका धारामा

219
VIEWS

 

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना पुरा भएको बताएका छन्।

मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्वर डाइभर्सन गेटबाट मेलम्चीको पानी पथान्तरण गरी ३८ नम्वरको गेट खोलेर सुन्दरीजलतर्फ पथान्तरण गर्दै यस्तो बताएका हुन्।

गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीका कारण आयोजनास्थल हेडवक्र्स क्षेत्रमा क्षति पुगेको थियो।

सो अवसरमा बोल्दै मन्त्री चौधरीले मेलम्चीको पानी आगामी नयाँ वर्ष २०७९ को वैशाखसम्ममा काठमाडौँको धारामा पानी पुग्ने बताए। उनले सरकारले गरेको घोषणा र प्रतिवद्धता अनुरुप चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न सफल भएकोमा खुसी व्यक्त गरे।

‘विगतको सरकारले हतारमा मेलम्चीको पानी पथान्तरण गर्दा पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको नाम पनि लिन नचाहेकोमा दुःख ब्यक्त गर्दै मेलम्ची नदीको बाढी र पहिरोका कारण क्षतिग्रस्त भएको क्षेत्रमा सरकारले केही राहत उपलब्ध गराएको र क्षतिग्रस्त सडक, पुल, सिँचाई तथा नदी नियन्त्रणका लागि खानेपानी मन्त्रालयबाट बजेट छुट्याई सकिएको जानकारी दिए।

विभिन्न बाधा, व्यवधान, अड्चन र समस्याका बाबजुद पनि मेलम्ची आयोजनाको पुनःनिर्माण गरी पानी पथान्तरण कार्य सम्पन्न गराउन योगदान दिने मन्त्रालय र आयोजनाका कर्मचारी, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय क्षेत्रका नागरिकहरु, विज्ञ, निर्माण व्यवसायी कम्पनी सिनो हाइड्रो, परामर्शदातालाई धन्यबाद दिए।

सोही अवसरमा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै खानेपानीमन्त्री चौधरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाए।

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा, मन्त्रालयका सचिव सुरेश आचार्य, आयोजनाका कार्यकारी निर्देशक बासुदेव पौड्याल प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाललगायतको उपस्थिति थियो।

गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको थियो तर असार १ गते आएको बाढीले क्षति पुर्याएको थियो। करिव दुई साता भित्रै मेलम्चीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा आइपुग्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित