Khabar Samachar

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

209
VIEWS

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना सजाय सुनाएको छ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले शुक्रबार खड्कालाई एक वर्ष तीन महिना कैद र नौ करोड १९ लाख छ हजार छ सय रूपैयाँ बराबर बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको हो।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कैद र जरिवानाका साथै खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, सेयर र अन्य सम्पत्ति जफत हुने अदालतले फैसला गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खड्काले १८ करोड ६६ लाख रूपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित २०७५ पुस २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

खड्काकी श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुत रूपमा आर्जन गरेको सम्पत्ति लुकाएकाले सबै जफत हुनुपर्ने अख्तियारले मुद्दामा दाबी गरेको थियो।

निगमको कार्यकारी निर्देशक हुँदा जग्गा खरिददेखि अन्य प्रकरणमा खड्का मुछिएका थिए। निगमको जग्गा खरिदसम्बन्धी विवाद अहिले पनि अख्तियारमा तामेलीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित