Khabar Samachar

भरतपुरका २९ वटै वडाका कांग्रेस सभापतिले भने – मेयर नपाए सबै वडामा विद्रोह

206
VIEWS

चितवनको भरतपुर महानगरपालिकामा रहेका कांग्रेसका सबै वडा सभापतिहरूले आगामी चुनावमा मेयरको टिकट कांग्रेसले पाउनु पर्ने निर्णय गरेका छन्।

मंगलबार जिल्ला पार्टी कार्यालयमा भरतपुरका २९ मध्ये २५* वडाका कांग्रेस सभापतिको बैठक बसेको थियो। उक्त बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावमा भरतपुरको मेयर कांग्रेसले पाउनु पर्ने र नपाए विद्रोह गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी वडा नम्बर १४* का सभापति राजेन्द्र शाँखीले भरतपुरको मेयरको टिकट अरू दललाई दिने निर्णय केन्द्रले गरेर पठाए आफूहरूले नमान्ने बताए।

बैठकले चुनावी तालमेलका क्रममा भरतपुर महानगरको मेयर छाड्ने निर्णय केन्द्रबाट भए सबै वडामा विद्रोह गर्ने निर्णय गरेको हो । औपचारिक निर्णयसहितको ज्ञापनपत्र कांग्रेस जिल्ला सभापति राजेश्वर खनाललाई बुझाइएको छ ।

‘कांग्रेसको चितवन जिल्ला कार्यसमितिले पनि भरतपुरको मेयर कांग्रेसले लिएर सत्तारूढ गठबन्धनका दलसँग तालमेल गर्ने निर्णय गरेको छ। केन्द्रले जबरजस्ती अरू दलकालाई मेयरको टिकट दिने निर्णय गरे हामी मान्दैनौं,’ शाँखीले भने,‘त्यसको विरोधमा हरेक वडामा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिन्छौं।’

भरतपुरको वडा नम्बर. १५ का कांग्रेस सभापति राजेन्द्र साँखीका अनुसार स्थानीय जनताको भावना विपरीत हुने निर्णय मान्न बाध्य नहुने बताए ।

केन्द्रले भरतपुरको मेयर अरु पार्टीलाई दिए सबै वडामा कांग्रेसको उम्मेदवार खडा गर्ने र गठबन्धनको निर्णय अस्वीकार गर्ने साँखीको भनाई छ ।

वडा सभापतिहरूले गरेको निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाइसकेको उनले जानकारी दिए। चार वडाका सभापति प्राविधिक कारणले बैठकमा नआए पनि निर्णयमा उनीहरूको समर्थन रहेको शाँखीले बताए।

२०७४ को चुनावमा भरतपुरमा कांग्रेसले माओवादीसँग तालमेल गरेर मेयरमा उम्मेदवारी दिएको थिएन।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र पनि पर्ने भरतपुरको मेयरमा उनकी छोरी रेनु दाहाल निर्वाचित भएकी थिइन्।

माओवादीले अहिले पनि भरतपुरको मेयर आफैंले राख्न चाहेको छ। चितवन कांग्रेसका नेताहरूले भने भरतपुरको मेयर आफूले पाउनु पर्ने भन्दै लबिङ गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित