एक जना इजरायली कूटनीतिज्ञलाई चीनको राजधानी बेइजिङमा चक्कु प्रहार भएको छ।
इजरायलको विदेश मन्त्रालयलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले शुक्रबार बेइजिङमा ती कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको जनाएको छ।
ती कूटनीतिज्ञको अहिले अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था स्थिर रहेको बताइएको छ। उनीमाथि किन आक्रमण गरेको भन्ने खुलेको छैन। घटना राजदूतावासभन्दा बाहिर भएको हो।
इजरायलको विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले विदेशमा रहेका इजरायलीहरूलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ।
इजरायल र हमासबीच युद्ध भइरहेका बेला इजरायली कूटनीतिज्ञमाथि आक्रमण भएको हो।
Discussion about this post