Khabar Samachar

Search
Close this search box.

एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त

235
VIEWS

भारतको गुजरातस्थित अहमदाबादमा बिहीबार एक ठूलो विमान दुर्घटना भएको छ । दुर्घटना अहमदाबादको मेघानी क्षेत्रनजिकै भएको हो । टेकअफका क्रममा विमानको पछिल्लो भाग रनवेछेउको रुखमा ठोक्किँदा सन्तुलन गुमाएर विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जहाजमा २ जना पाइलटसहित क्याबिन क्रूका १० सदस्य र २३०  यात्रु थिए।

विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, ‘अहमदाबाद-लन्डन गेटविक उडान गर्ने उडान नम्बर एआई१७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ।’ एयरलाइन्सले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको र सकेसम्म चाँडो थप अपडेटहरू साझा गर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित