Khabar Samachar

Search
Close this search box.

चर्चित गायक रोविन तामाङको निधन

227
VIEWS

नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक रोविन तामाङकाे निधन भएकाे छ। ६० वर्षीय उनकाे मंगलबार साँझ काठमाडाैंकाे बूढानीलकण्ठ नगरपालिका-५ चिस्यानीस्थित निवासमा निधन भएकाे हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले तामाङ घरमै मृत भेटिएको पुष्टि गरेका छन्।

कार्कीका अनुसार तामाङको शव उनको दुई तले घरको बेडरूममै भेटिएको हो। तर उनको निधनको कारण खुलिसकेको छैन। रविनको निधन भएको पुष्टि उनकी दिदी भगवती तामाङले पनि गरेकी छन्। रोविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ। तामाङले गीत गाउनुका साथै थुप्रै नेपाली फिल्ममा अभिनय पनि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित