Skip to main content

Khabar Samachar

Search
Close this search box.

१० करोड क्षतिपूर्ति मागेका भुवन केसीले हारे साम्राज्ञीविरुद्धको मुद्दा

248
VIEWS

जिल्ला अदालत काठमाडौंले अभिनेता भुवन केसीले हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ।

बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली-बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंको वेबसाइटमा उल्लेख छ।

साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। यसपछि भुवन केसीले उनीविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली-बेइज्जती मुद्दा हालेका थिए।

साम्राज्ञी शाहका वकिल तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि बुधबारै अन्तिम बहस सकिएको र आफ्नो पक्षले मुद्दा जित्ने गरी फैसला आएको बताए।

‘अन्तिम बहस आज भएको थियो। न्यायाधीश वासुदेव पौडेलले भुवन केसीले लगाएको मुद्दामा उनको दाबी नपुग्ने फैसला गर्नुभएको छ,’ उनले भने, ‘फैसला हाम्रो पक्षमा आएको छ। यसको पूर्णपाठ आउन भने समय लाग्ने अदालतले हामीलाई जानकारी गराएको छ।’

सुटिङका क्रममा भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै साम्राज्ञी शाहले तीन वर्षअघि सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन्।

साम्राज्ञीले आफ्नो गाली-बेइज्जती गरेको भन्दै भुवनले उनीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दिएका थिए।

सोही मुद्दामा बुधबार जिल्ला अदालत काठमाडौंले साम्राज्ञीको पक्षमा फैसला सुनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित