Khabar Samachar

ठमेल कुटपिट प्रकरण : गुण्डा नाइके सानुभाइसहित ५ जना पक्राउ

268
VIEWS

प्रहरीले ठमेलका नाइट क्लब सञ्चालक र बाउन्सरमाथि कुटपिट गर्ने युवराजसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका ३३ वर्षीया युवराज गुरुङ (सानुभाइ), टोखा नगरपालिका १० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या ५ का २९ वर्षीय कमल तामाङ रहेका काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई परिसरकाे टाेलीले आज मुग्लिनबाट फलो गर्दै थानकोटमा आइपुगेर समातेको हो ।

उनीहरूमाथि रेष्टुरेन्ट तथा लाउन्जहरुमा गएर लाखौँ रुपैयाँको खानपिन गर्ने र बिल तिर्ने बेला कर्मचारी तथा क्लब सञ्चालकहरूमाथि कुटपिट तथा तोडफोड गर्ने गरेकाे आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित