Skip to main content

Khabar Samachar

Search
Close this search box.

‘कमेडी क्लब विथ च्याम्पियन’ स्थगित

279
VIEWS

दर्शकलाई हँसाउँदै आएको टेलिभिजन कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन’ को प्रसारण हाललाई स्थगित गरिएको छ । कार्यक्रमका निर्माता विशाल भण्डारीले छोटो समय विश्राम लिन लागेको बताएका छन् ।६९औं एपिसोड प्रसारणपछि कार्यक्रम स्थगन गरिएको हो । यो अहिलेको हिट टेलिभिजन कार्यक्रममा पर्छ । टिभी रियालिटी शो कमेडी च्याम्पियनमा प्रतिस्पर्धा गरेका प्रतिभाशाली कमेडीयनहरूलाई लिएर भण्डारीले यो शोको सञ्चालन गर्दै आएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले ६९ एपिसोडको यात्राले थकित टीमलाई केही समयका लागि ब्रेक लिन आवश्यक देखेको बताएका छन् ।

‘तर हामी छाटो विश्रामपछि रिचार्ज भई सुरूवाती ऊर्जामै फर्केर यहाँहरूलाई हाँसोको फोहरा छुटाउन अवश्य आउनेछौं,’ उनले लेखेका छन् ।
यसबीचमा यही टीमले कमेडी च्याम्पियनको सिजन ३ लिएर आउने पनि भण्डारीले जानकारी गराएका छन् ।‘माया र साथ कायम रहोस्, हाँस्ने र हँसाउने क्रम जारी रहने छ’, उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित