Khabar Samachar

यूएईविरुद्ध नेपालको सान्त्वना जित

209
VIEWS

ओपनर कुशल भुर्तेलको उत्कृष्ट अलराउन्डर प्रदर्शनमा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा सान्त्वना जित हात पारेको छ।समूहको अन्तिम खेलमा बुधबार नेपालले यूएई ए लाई ३ विकेटले पराजित गरेको हो। युएईले दिएको १५८ रनको सामान्य लक्ष्य नेपालले ७ विकेटको क्षतिमा २३ औं ओभरमा पूरा गर्यो।

नेपालको जितमा कुशल भुर्तेलले अलराउन्डर प्रदर्शन गरे। बलिङतर्फ ६ विकेट लिएका कुशलले नेपालका तर्फबाट सर्वाधिक ७१ रन समेत जोडे।

यसअघि भारत ए सँग ९ विकेटले पराजित भएको नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएसँगै अघिल्लो चरणको सम्भावना सकिएको थियो। यो समूहमा नेपालसँग पराजित भएसँगै यूएई भने जितविहीन हुँदै घर फर्किएको छ।

४३ बलको सामना गरेका कुशलले ९ चौका र ४ छक्काको मद्दतमा ७१ रनको पारि खेले। ३८ बलको सामना गरेका देव खनालले ४ चौकाको मद्दतमा २४ रन जोड्दा सन्दीप जोर पनि २४ रनमै आउट भए।

सन्दीपले १५ बलको सामना गर्दा १ चौका र २ छक्का प्रहार गरे। गुल्सन झाले ११ रन जोड्दा कप्तान रोहित पौडेल ९ रनमै आउट भए। ओपनर अर्जुन साउद गोल्डेन डकआउट हुँदा पवन शर्राफ पनि शून्यमै पेबेलियन फर्किए।

कुशल मल्ल २ नटआउट रहँदा प्रतिश जिसी ८ रनमा अविजित रहे।

युएईका लागि मुहम्मद फराजुदिनले ५ विकेट र मुहम्मद जावदुल्लाहले २ विकेट लिए।

त्यसअघि कोलोम्बोस्थित पि सारा ओभलमा यूएई ‘ए’ले टस जितेर ब्याटिङ गर्दै ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो।

यूएईका लागि ओपनर भप्रित सिंहले ८२ बलमा ५२ रनको सर्वाधिक पारी खेले। अन्य कुनै पनि खेलाडीको प्रदर्शन सम्झनलायक रहेन।

कुशल भुर्तेलले यूएईका तेस्रोक्रमदेखि आठौं क्रमका खेलाडीहरुलाई लगातार ओभरमा पबेलियन फर्काए। उनले इथान डिसुजालाई २३.६ ओभरमा २५ बलमा १८ रन बनाएको अवस्थामा एलबीडब्लुमा पारे।

त्यसपछि ओपनर लभप्रित सिंहलाई ८२ बलमा ५२ रन बनाएको अवस्थामा २५.५ ओभरमा आउट गराए।

उनले आश्वान्थ भलथापालाई ३३.३ ओभरमा ३२ बलमा १६ रन बनाउँदा आउट गराए। त्सैगरी फहाद नवाजलाई पनि कुशलले २७.५ ओभरमा ६ बलमा ४ रन बनाउँदा क्रिजबाट हटाए।

कुशलले नै कप्तान अलि नासिरलाई २९.४ ओभरमा ५ बलमा १ रन जोड्दा पबेलियन फर्काए।

त्यसैगरी उनैले मोहम्मद फहराउद्धिनलाई १२ बलमा ४ रन बनाउँदा फिर्ता पठाए।

नेपालका लागि श्याम मौसम ढकालले २, पवन सर्राफ र कुशल मल्लले १र१ विकेट लिन सफल भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित