Khabar Samachar

काठमाडौं महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदन

226
VIEWS

अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेकाे भन्दै महानगर प्रहरीले उक्त संरचनामा डोजर चलाएको हो ।

नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न अल्टिमेटम दिएकाे थियाे । तीनभित्र पनि उक्त भवन खाली नगराएपछि नगरप्रहरीले डोजर चलाएको महानगरले जनाएको छ ।

सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ। उक्त भवनमा आश्रम सञ्चालन गरिराखेको थियो । त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको थियो । यो आश्रम २०६२ सालमा सञ्चालन गरेको थियो ।भद्रकुमारी घलेले संग्रहालयमा भएको आफनो सामान सुरक्षित साथ घरमा पुयाईदिन आग्रह गरेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

उनले भने,‘उहाँ आमाले नै मलाई फोन गरे मेरो महानगरको अभियानमा मेरो समर्थन छ । मेरो सामानहरु सुरक्षित घरमा पुयाईदिनु भन्नुभएको छ । नगरप्रहरीले गाडी बोलाएर संग्रालयको सामान घरमा पुयाईदिन लागेकोछ । ’ सदनमा रहेको अनधिकृत संरचना सबै हट्ने उनले बताए ।
आजदेखि अभियान सुरु भएको उनको भनाइ छ । यहाँ आश्रममा बसेकाहरुलाई मानव सेवा आश्रममा पठाइने उनले बताए । साथै यहाँ रहेको विद्यालयको व्यवस्थापन महानगरको शिक्षा विभागले गर्दैंछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित