Khabar Samachar

माटो बोकेका गाडी बञ्चरेडाँडा जान छुट, फोहोरका गाडीलाई अवरोध कायमै

211
VIEWS

काठमाडौं उपत्यकाबाट फोहोर बोकेर जाने गाडीमा अवरोध गरिरहेका बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयबासीले माटो बोकेर गएको गाडीलाई जान दिएका छन् । तर, फोहोर बोकेर जाने गाडीलाई भने उनीहरुले अवरोध कायमै राखेका छन् ।

१ साउनदेखि ककनी गाउँपालिकाका जनप्रतिनिधिसहित स्थानीयले काठमाडौंबाट गएको फोहोरको गाडी जान दिएका छैनन् ।
तर, बिहीबार बञ्चरेडाँडामा दुर्गन्धित भएको फोहोरलाई छोप्न माटो बोकेर २० वटा गाडी जान दिएको ककनी गाउँपालिका-३ का वडाध्यक्ष घननाथ बजगाईंले जानकारी दिए ।

‘हामीले फोहोर मात्रै रोकेका हौं, क्यापिङ गर्न आएको गाडी छिर्न दिएका छौं । यस्तै झिंगा नभन्कियोस् भनेर सेनिटेसनका लागि आएको गाडी पनि छिर्न दिएका छौं,’ बजगाईंले  भने ।

उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)को अध्ययन टोली पनि बञ्चरेडाँडा जान लागेको बताए । ‘आज नाष्टको टोलीले बञ्चरेडाँडा ल्यान्डफिल साइटले वरिपरिको बस्तीमा पारेको असर र वातावरणीय प्रभाव मूल्यांकनका लागि जाँदैछ,’ उनले भने । टोलीले ३ महिनाभित्र अध्ययन प्रतिवदेन बुझाउने बजगाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित