Khabar Samachar

पुष्पराम केसी सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त

205
VIEWS

सशस्त्र प्रहरीको आईजीपीमा ​पुष्पराम केसीलाई नियुक्त गरिएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गर्ने निर्णय गरिएको एकजना मन्त्रीले रातोपाटीलाई बताए ।

अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी वरीयतामा अगाडी थिए । उनी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख थिए । उनी २०७९ वैशाख १८ मा अवकाशमा जाँदैछन् ।

केसीले गत चैत २८ गते सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका थिए । शैलेन्द्र खनाल २०७४ चैत २९ बाट चार वर्ष सशस्त्रको आईजीपी भए । उनको अवकाशसँगै उनकै ब्याचका केसी र रामशरण पौडेल आईजीपीका प्रतिस्पर्धी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित