Khabar Samachar

काठमाडौंको मेयरमा एकीकृत समाजवादीको दाबी

203
VIEWS

नेकपा एकीकृत समाजवादीले काठमाडौं र पोखरा महानगरपालिकामध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ ।

सत्तारुढ पाँच दलले चुनावी तालमेलको ७ आधार तय गरेका छन् र महानगर र उपमहानगरपालिकाको तालमेलबारे केन्द्रीय संयन्त्रबाटै निर्णय गर्ने बताएका छन् ।

समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ भने पोखरा वा काठमाडौं मध्ये एउटा महानगरमा आफूहरुको दाबी रहेको बताए । ‘काठमाडौंमा हाम्रो शक्ति राम्रो छ, महानगर पाए पनि हामी जित्छौं’ उनले अनलाइनखबरसँग भने, ‘हाम्रो दाबी काठमाडौंमा महानगरको मेयरमै हो ।’

काठमाडौं नभए पोखरा दिनुपर्ने एकीकृत समाजवादीको दाबी छ । श्रेष्ठ भन्छन्, ‘अन्यत्र दावी गरेका छैनौं, शक्ति भएको काठमाडौं र पोखरा दावी गरेका छौं । जहाँ पाए पनि जित्छौं ।’गठबन्धनको अर्को दल माओवादी केन्द्रले भने काठमाडौंको मेयरमा दाबी गरेको छैन । उसले उपमेयरमा भने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित