Khabar Samachar

माओवादीका वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी साधारण सदस्यबाटै निष्कासित

210
VIEWS

नेकपा माओवादी केन्द्रले वीरगन्ज महानगरपालिका कमिटीका अध्यक्ष रहबर अन्सारी, उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारीलाई पार्टीबाट निष्कासन गरेको छ ।बुधबार जिल्ला समन्वय समिति, पर्साका इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहले विज्ञप्ति जारी गर्दै कारबाहीको जानकारी दिएको हो।

अन्सारीसहित महानगरका उपाध्यक्ष अनुरूध यादव र जुम्मादिन अनुसारीलाई पनि निष्कासन गरेको हो।

उनीहरूमाथि पार्टी कार्यालयमा तोडफोड गरेको र नेतृत्वलाई गालीगलौज गरेको आरोप छ।

‘देशी विदेशी प्रतिक्रियावादीहरूको इसारामा पार्टीलाइनै बदनाम गराउने कार्य निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय चुनावमा समेत धक्का पार्ने कार्य, अनुशासनहीन, गुण्डागर्दी, अराजक गतिविधि गर्ने गराउने तीन जनालाई आजकै मितिबाट साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गरिएको छ।’

वीरगन्जबाट माओवादीको मेयर उम्मेदवार बनिसकेका र अहिले पनि मेयरका दाबेदार अन्सारीलाई पार्टी कार्यालय तोडफोड गरेको अभियोगमा पर्सा जिल्ला समन्वय समितिले बुधवार साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ ।

जिल्ला इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहाले संयुक्त वक्तव्यमार्फत अनुशासनहीन, गुण्डागर्दी, अराजक गतिविधि गर्ने गराउने काममा संलग्न रहेको आरोप अन्सारीमाथि लगाएको छ ।

विज्ञप्तिमा पार्टी कार्यालय तोडफोड गरि जिल्लाका नेताहरूलाई गालीगलौज गराउनुको साथै देशी विदेशी प्रतिक्रियावादीहरूको इसारामा पार्टीलाई बदनाम गराउन खोजेको आरोप लगाइएको छ ।

यसअघि बुधवार अपरान्ह अखिल क्रान्तिकारी मधेस प्रदेश प्रमुख जुवेर आलमसहितको टोलीले जिल्ला कार्यालय तोडफोड गरेका थिए ।

स्थानीय चुनाव लक्षित संयन्त्र गठनप्रति असन्तुष्ट उनीहरू ज्ञापन पत्र बुझाउन जाँदा भनाभन भएपछि तोडफोडमा उत्रिएका थिए ।

जिल्ला संयोजक र सचिवले चन्दा उठाएर पार्टीको बदनाम गरेको उनीहरूको आरोप छ ।

जिल्ला संयोजक कुशबाहाले भने रहबर अन्सारीको निर्देशनमा सो घटना भएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित