Khabar Samachar

Search
Close this search box.

उद्योग समितिको सभापतिमा अब्दुल खान सर्वसम्मत

202
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी फिर्ता लिएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति पनि निर्विरोध भएको छ।

रास्वपाका उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सर्वसम्मत सभापति चुनिएका हुन्।

पराजुलीले उम्मेदवारी फिर्ता लिँदै जनमतसँग रास्वपाको प्रतिस्पर्धा नभएको बताए।

‘उहाँ मुस्लिम समुदायको पनि हो। हाम्रो प्रतिस्पर्धा जनमत पार्टीसँग पनि होइन। त्यसकारण म आफ्नो उम्मेदवारी फिर्ता लिन्छु,’ उनले भने।

प्रतिनिधि सभाका ९ वटा विषयगत समितिको सभापति आइतबार नै निर्विरोध भइसकेका छन्। रास्वपा र जनमतको उम्मेदवारी परेपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मा मात्रै निर्वाचन हुन लागेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित