Khabar Samachar

भीम रावलको प्रश्न : सूर्य चिह्न बिक्री भएको हो ?

209
VIEWS

नेकपा एमालेका नेता भीम रावलले सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो भन्दै नेतृत्वसमक्ष प्रश्न गरेका छन् । एमालेले बुधबार राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा चुनाव लड्न दिने तर निर्वाचित व्यक्ति पुरानै हैसियतमा रहनेगरी सहमति गरेकोमा रावलले आपत्ति जनाएका हुन् ।

नेकपा एमालेले राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेलको सहमति गर्दै सूर्य चिन्हमा उम्मेदवार उठाउन गरेको सहमतिमा नेता भीम रावलले प्रश्न उठाएका छन्।

नेता रावलले ‘विपरित सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?’, भन्दै प्रश्न गरेका हुन् । बिहीबार सामाजिक सञ्जालमा रावलले लेखेका छन्, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र !’

एमाले र राप्रपा नेपालबीच भएका सहमतिमा सूर्य चिन्ह लिएर चुनाव उठ्ने राप्रपाका उम्मेदवार चुनावपछि राप्रपा नेपालमै आवद्ध हुने बुँदा समावेश छ।

‘चुनाव चिन्ह विक्री हुने व्यवसायिक चिन्ह हो?,’ रावलले प्रश्न गरेका छन्, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम गर्न दिएजस्तो गर्न मिल्छ?’

निर्वाचन ऐन २०७३ मा ‘उम्मेदवारलाई चिन्ह दिइसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा सो निर्वाचन चिन्ह परिवर्तन हुन सक्ने छैन। त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा निजको सदस्यता खारेज हुन्छ’ भन्ने लेखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित