Skip to main content

Khabar Samachar

Search
Close this search box.

समाजवादी मोर्चाको आज पोखरामा सभा

201
VIEWS

समाजवादी मोर्चाले आज गण्डकी प्रदेशमा सन्देश सभा गर्दै छ।

मोर्चाको गण्डकी सभा पोखराको सिटी हलमा दिउँसो १ बजेदेखि सुरू हुने माओवादी केन्द्रका सचिव तगा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जानकारी दिए।

गण्डकीको सभा व्यवस्थापन माओवादी केन्द्रले गरेको हो। सभामा मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

समाजवादी मोर्चाको गण्डकी प्रदेश संयोजन समिति बिहीबार मात्रै घोषणा भएको थियो।

समितिमा माओवादी केन्द्रबाट गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, ज्ञानमान गैरे र जगन्नाथ खनाल सदस्य छन्।

नेकपा (एकीकृत समाजवादी)बाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चामा छन्।

यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी सदस्य छन्।

सचिव पौडेलका अनुसार मोर्चा समितिको अध्यक्षता आलोपालो प्रणालीअन्तर्गत हाललाई माओवादी केन्द्रका प्रदेश अध्यक्ष गुरुङले गर्नेछन्।

समाजवादी मोर्चाले देशका सातवटै प्रदेशमा सन्देश सभा गर्ने निर्णयअनुसार गण्डकीमा गर्न लागिएको हो। मोर्चाले मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सन्देश सभा सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित