Khabar Samachar

‘जनतासँग माओवादी’ अभियान शुरुआत

203
VIEWS

नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शनिवारबाट औपचारिक शुरुआत भएको छ । यो अभियान देशभर सबै वडामा एकसाथ चल्ने बताइएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्दै प्रचण्डले सरकारले गरेका काम र यो अभियानबाट माओवादी पार्टी देशको सबैभन्दा बलियो शक्ति बन्न सक्ने बताए ।

अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेका कारण राजनीतिक दल र नेतृत्वप्रतिको निराशालाई आशामा परिणत गराएको बताए ।

जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको भन्दै प्रचण्डले भुटानी शरणार्थी प्रकरण,ललिता निवास प्रकरण,सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानविन र कारवाहीले जनतामा उत्साह आएको दावी गरे ।

अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा,शहीदहरुको नाम राजपत्रमा प्रकाशन,लडाकुहरुलाई राहत दिने निर्णयले माओवादी आन्दोलनको सम्मान गरेको समेत बताए ।

अध्यक्ष प्रचण्डले सरकारलाई काम गर्न नदिन विभिन्न कोणबाट अवरोध सिर्जना भएको र लोकप्रिय कामको प्रभाव जनतामा पर्न नदिन षड्यन्त्र भइरहेकाले यो अभियानले त्यसलाई चिर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित