Khabar Samachar

एमालेले जितेका काठमाडौंका पालिकामा माओवादी र एकीकृत समाजवादीको दाबी

205
VIEWS

सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले नेकपा एमालेले प्रमुख जितेको काठमाडौंको स्थानीय तह आफूहरुलाई चाहिने दाबी गरेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौंका १० स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकासहित सातवटामा नेकपा एमालेले प्रमुख पद जितेको थियो । बाँकी तीन वटाको प्रमुख भने नेपाली कांग्रेसले जितेको थियो ।

नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ काठमाडौं महानगरपालिका, शंखरापुर, चन्द्रागिरि, कीर्तिपुर, तारकेश्वर, कागेश्वरी मनोहरा र टोखामा आफूहरुको दाबी रहेको बताउँछन् । यद्यपि आफूहरुलाई पोखरा महानगरपालिकाको नेतृत्व दिएमा काठमाडौं महानगरपालिका छाड्न सकिने उनको भनाइ छ ।

नेकपा एमाले विभाजित हुँदा कागेश्वरी–मनोहराका मेयर र शंखरापुरका उपमेयर एकीकृत समाजवादीतिर लागेका थिए । ‘यहाँ सांगठानिक हिसाबले हाम्रो राम्रै छ’, श्रेष्ठ भन्छन्, ‘हिजो एमालेमा रहेका राम्रा साथीहरु यतै छन् ।’

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज हिमाल शर्मा काठमाडौं महानगरपालिकाको उपमेयर र शंखरापुर, कीर्तिपुर, चन्द्रागिरि, तारकेश्वर र टोखा नगरपालिकाको मेयर आफूहरुको दावी रहेको बताउँछन् ।

२०७४ सालको निर्वाचनमा एमालेले काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ, शंखरापुर, कीर्तिपुर, तारकेश्वर, कागेश्वरी–मनोहरा र टोखा नगरपालिकाको प्रमुख जितेको थियो । नेपाली कांग्रेसले दक्षिणकाली, चन्द्रागिरि र गोकर्णेश्वर नगरपालिकाको प्रमुख जितेको थियो ।

माओवादी केन्द्रले भने १० पालिकामध्ये चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ८ र शंखरापुर नगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष मात्रै जितेको थियो ।

माओवादी नेता शर्मा २०७४ को चुनावको नतिजालाई आधार मान्न नमिल्ने बताउँछन् । ‘२०७४ भन्दा हाम्रो पार्टी यसपटक धेरै नै सम्हालिएर आएको अवस्था हो,’ शर्माले भने, ‘२०७४ मा हामी अन्धाधुन्ध चुनावमा गएका थियौं । अहिले हामीले महाधिवेशन गरेर वडा तहदेखिनै राम्रो संगठन बनाएका हौं । सम्मानजनक रुपमा तालमेल हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित