Khabar Samachar

श्रद्धाञ्जलीका लागि काठमाडौं-१६ का वडाध्यक्ष रिजालको पार्थिव शरीर राखियो राष्ट्रिय सभागृहमा

207
VIEWS

काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिइएको छ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा उनलाई श्रद्धाञ्जली दिइएको हो। उनलाई काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगायत जनप्रतिनिधिले श्रद्धाञ्जली दिएका छन्।

सभागृहमा दिउँसो १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको छ। त्यसपछि पशुपतिस्थित आर्यघाटमा लगिने छ।

वडाध्यक्ष रिजालको उपचारका क्रममा आज बिहान साढे ६ बजे ग्रान्डी अस्पतालमा निधन भएको थियो। रिजाल अघिल्लो कार्यकाल पनि वडाध्यक्ष निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित