Skip to main content

Khabar Samachar

Search
Close this search box.

चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत : डा. शशांक कोइराला

202
VIEWS

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले केही दिनअघि चिनियाँ राजदूत छन् सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गरेका छन्।

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युतबाट घाटा बेहोरिरहेको बताएका थिए।

नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता डा. कोइरालाले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नपर्ने बताएका हुन्।

‘चीन र भारत दुवै मित्र हुन्’, उनले भने, ‘काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कूटनीतिक मर्यादाविपरीत हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित