Khabar Samachar

चीन भ्रमणमा व्यवहारिक र नतिजामुखी योजना अघि बढाउन प्रधानमन्त्रीलाई विज्ञको सुझाव

201
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणलाई लिएर पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन सुझाव दिएका छन् । आइतबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डलाई विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । उनीहरुले दुई देशको बीचमा परम्परागत रुपमा घनिष्ठ सम्बन्ध रही आएको र दुवै देशको सम्बन्धलाई सुदृढ गर्नका लागि डेलिभरेभल (नतिजामुखी) र भाएबल (व्यवहारिक) प्रोजेक्टहरु मात्रै अघि बढाउन सुझाव दिएको परराष्ट्रमन्त्री एनपी साउदले बताए । उनले चीनका चिन्ता चासोहरुलाई सम्बोधन गर्नेगरी भ्रमणलाई सार्थक बनाउन विज्ञहरुले सुझाएको बताए ।उनले भने, ‘प्रधानमन्त्रीज्युले पूर्वपरराष्ट्र सचिवहरु, राजदुतहरुसँग आसन्न चीन भ्रमणका सन्दर्भमा सल्लाहका लागि बोलाउनुभएको थियो । त्यसमा आउनुभएका पूर्वसचिवहरु र राजदुतज्युहरुले दुई देशको बीचमा परम्परागत रुपमा घनिष्ठ सम्बन्ध रही आएको, दुवै देशको सम्बन्धलाई सुदृढ गर्नका लागि डेलिभरेभल र भाएबल प्रोजेक्टहरु कार्यक्रमहरु मात्रै राखेर एजेण्डा मात्रै राखेर अघि बढ्दा उपयुक्त हुने, दुई देशबीचको सम्बन्ध सुमधुर रही आएको र त्यसलाई निरन्तरता दिने कुरामा बढी जोड दिन र चीनका चिन्ता चासोहरुलाई सम्बोधन गर्नेगरी भ्रमणलाई सार्थक बनाउन सुझाव दिनुभएको छ । प्रधानमन्त्रीज्युले सुझावलाई महत्वका साथ लिनुभएको छ ।’

प्रधानमन्त्री प्रचण्डले आज बिहान राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीसँग पनि आसन्न विदेश भ्रमणबारे सुझाव लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित