Khabar Samachar

Search
Close this search box.

राजकीय सम्मानका साथ पशुपतिमा नेम्वाङको अन्त्येष्टि

207
VIEWS

संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टिका गरिएको छ । स्वर्गीय नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

बालुवाटारस्थित घरबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीबार मध्याह्न अन्त्येष्टि गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिए।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए। नेम्वाङलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत पनि आर्यघाट पुगेका थिए।

यसअघि नेम्वाङको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालय च्यासल र बालुवाटारस्थित घरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो।नेपाली सेनाको एक टुकडीले १७ तोपको सलामी अर्पण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित