। एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टीमा छलफल नै नगरी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको बताएका छन् ।
शुक्रबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले अध्यक्ष नेपालको कदम खतरनाक भएको बताए । पार्टीको कुनै कमिटीमा छलफल नगरी जारी भएको भन्दै उनले भने, ‘यो एकदम खतरनाक कुरा हो, कसैको पनि सहमति छैन ।’
खनालले भने– यो एकदम खतरनाक कुरा हो । पार्टीको कुनै पनि कमिटीले निर्णय गरेको छैन । यो यत्तिकै जारी भएको छ । यसबारेमा हामी छलफल गर्दैछौं ।
अध्यक्ष नेपालले विहीवार जारी गरेको अपानीमा पार्टी केन्द्रीय कमिटी र सचिवालयको निर्णय भन्दै नेताहरुको जिम्मेवारी हेरफेर,कार्य विभाजन र विभिन्न कमिटीमा मनोनयन गरिएकोमा खनालले असहति जनाएका हुन् ।
सो निर्णविरुद्ध देशभरमै असहमति भएको छ भने केही नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।
Discussion about this post