Khabar Samachar

अर्जुन दासको हत्या प्रकरण : भारतबाट ४ जना पक्राउ

210
VIEWS

कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। महानगरीय महानगरीय अपराध महाशाखाको समेतबाट खटिएको टोलीले ४ जनालाई भारतबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरुलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको महाशाखा स्रोतले जानकारी दिएको छ।पक्राउ पर्नेहरुमा कैलाली जानकी ९ का सुमिद साउद, दिलिप दास, मनोज भण्डारी र बमबहादुर बोहोरा छन् । हत्या आरोपी १० जनामध्ये चारलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरी आज सार्वजनिक गरेको हो । बाँकी फरार आरोपीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दास हत्या घटनाका मुख्य अभियुक्त प्रहरीलाई नै चुनौती दिँदै हिँडे पनि पक्राउ पर्न सकेका थिएनन् । कैलालीमा पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेलापरेको थियो। अमरावती सामुदायिक जंगलमा नग्न अवस्थामा घाँटी रेटेको अवस्थामा दासको शव फेला परेको थियो।

दास हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ। हत्यापछि मनोजले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो।

त्यतिमात्रै होइन पछि ‘हत्यारा हौं पक्राउ गरेर देखा’ भन्दै भण्डारीले भिडियो नै सार्वजनिक गर्दै प्रहरीलाई चुनौती दिएका थिए।

जानकी गाउँपालिका–९ अमरावतीका अर्जुनको शव रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा भेटिएको थियो । पुस २ गते शुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका र राति घर फर्केका थिएनन् । वनमा घाँस काट्न गएका महिलाले देखेपछि वनका चौकीदारलाई खबर गरेका थिए ।

अर्जुनका परिवारले हत्यारालाई कारबाही नभएसम्म शव नबुझ्ने भन्दै लामो समय आन्दोलन गरेका थिए । शव भेटिएको १० दिनपछि मात्रै अर्जुनका परिवार अन्येष्टि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित