Khabar Samachar

Search
Close this search box.

टिचिङ अस्पतालका आवासीय चिकित्सक आन्दोलित, आकस्मिक सेवाबाहेक सबै सेवा बन्द

218
VIEWS

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरूले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन् ।  शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएको अस्पतालका उप निर्देशक तथा छाती रोग विशेषज्ञ डा सन्त कुमार दासले जानकारी दिए ।

लगातार स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपात भइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै ५ सय जना आवासीय चिकित्सकले आकस्मिक बाहेक अन्य सेवा ठप्प पारी आन्दोलित भएको उनले बताए । ‘पोखरा लमजुङ, चितवन  हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्दै उहाँहरू आन्दोलित हुनुभएको हो । तीनदेखि चार बजेसम्म उहाँसँग अस्पतालले छलफल गर्छ । तर, यो आन्दोलन कहिलेसम्म जान्छ थाहा छैन,’ उनले भने,

चिकित्सकको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने रेसिडेन्ट डाक्टरहरूले अडान लिएका छन् । ‘आजका लागि आकस्मिक सेवा उपलब्ध गराउन अस्पतालले चिकित्सक व्यवस्थापन गरेको छ,’ उनले भने, ‘आवासीय चिकित्सकहरू फ्रन्टलाइनमा धेरै समय खटिनु हुन्छ । बढी आक्रमणमा पर्ने उहाँहरू बढी हुनुहुन्छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित