फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा उभिएर विरोध जनाएरहेका अभियन्ता ईःलाई भेट्न काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल पुगेकी छन्।
उपमेयर डंगोल केही बेरअघि अभियन्ता ईःलाई भेट्न राष्ट्रिय सभागृहको गेटमा पुगेकी हुन्।
‘१६५ घन्टापछि उपमेयर आएर भेट्नुभयो। मेरो स्वास्थ्य अवस्था बुझ्दै सुस्वास्थ्यको कामना पनि गर्नुभयो,’ अभियन्ता ईःले सेतोपाटीसँग भने, ‘फुटपाथ व्यवसायीहरू विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको बताउनुभयो।’
अभियन्ता ईः महानगरपालिकाको मेयर उपमेयरको कार्यालयसमेत रहेको राष्ट्रिय सभागृहको गेटमा १८८ घन्टादेखि उभिइरहेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको र तर नमानेको बताएका थिए।
Discussion about this post