Khabar Samachar

समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी सार्वजनिक

203
VIEWS

काठमाडौँ — गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ । महेन्द्र निरौलाको निर्देशन रहेको भिडियोले पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएको छ ।

यस गीतबाट युवाहरूमाझ सकारात्मक सन्देश दिन खोजेको गीतकार गिरीले बताए । यो गीत छायांकन गर्दा भक्तपुरको एउटा चोकको नाम नै ‘नो मनी चोक’ बनाइएको निर्देशक निरौलाले बताए ।

ए प्लस स्टुडियोमा रेर्कडिङ भएको गीतलाई कुसल थापाले रेर्कडिङ गरेका छन् भने साजन साहले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । गीतको भिडियोलाई सुशील डाँगीले छायांकन गरेका छन् भने निराजन केसीले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित