Khabar Samachar

सरकार-जनमत पार्टीबीच वार्ता

201
VIEWS

काठमाडाैँ । नेपाल सरकार र जनमत पार्टीबीच भेटवार्ता भएकाे छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वकाे सरकारण टाेली र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत नेतृत्वकाे प्रतिनिधिमण्डबीच शुक्रबार मन्त्रालयमै छलफल भएकाे हाे ।

भेटवार्तामा राउत नेतृत्वको संगठनसँग विसं २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते भएका सहमति कार्यान्वयनबारे छलफल भएको बताइएकाे छ ।

वर्तामा जनमत पार्टीले आफूहरू स्थानीय तह निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता गराएको र त्यसअघि आफूहरूसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेको छ । विभिन्न आरोपमा थुनामा पार्टीका नेता कार्यकतालाई रिहा गर्नु पर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने माग पनि पार्टीले राखेको छ ।

त्यस्तै, जनमत पार्टीले आफूहरूले गरेको कृषि आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकता रिहा र कृषिसम्बन्धी आफूहरूका माग प्रस्तुत गर्दै पूरा गर्न आग्रह गरेको छ । मधेश आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन हुनुपर्ने पनि उनीहरुले माग पार्टीको राखेका थिए । पार्टीले राष्ट्रिय मान्यता प्राप्त गरेको दललाई मात्र दलको चुनाव चिह्नबाट मात्र निर्वाचन लड्न पाउने व्यवस्था हटाउन माग गरेको थियो ।

गृहमन्त्री खाँणले जनमत पार्टीले गरेकाे मागहरूलाई सकारात्मक रूपमा लिएकाे बताउँदै माग सम्बाेधन गर्ने बचन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित