Khabar Samachar

एमालेले ६ वटै महानगरका लागि गर्यो उम्मेदवार सिफारिस

248
VIEWS

काठमाडौं– नेकपा एमालेका स्थानीय कमिटीले ६ वटै महानगरमा मेयर उम्मेदवार सिफारिस गरेका छन्। तीन महानगर कमिटी सर्वसम्मत उम्मेदवार छान्न सफल भएका छन्। ललितपुर महनागरमा हरिकृष्ण ब्यन्जनकार, भरतपुरमा विजय सुवेदी र वीरगञ्जमा विजय सरावगी सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएका हुन्।

सबैभन्दा धेरै पोखरा महानगरपालिकको मेयरका लागि १२ जना सिफारिस छन्। सर्वसम्मत रुपमा टुंगिन नसकेपछि स्थानीय कमिटीले मतदान गर्ने तयारी गरेको थियो । त्यसले समस्या निम्तिने भएपछि केन्द्रले छान्नेगरी सिफारिस  गरिएको हो।

विराटनगरमा पाँच आंकाक्षी
प्रदेश १ को एकमात्र महानगरपालिका विराटनगरको मेयरका लागि एमाले महानगर कमिटीले ५ जनाको नाम सिफारिस गरेको छ। केन्द्रीय सदस्य रामलाल साह, प्रदेश कमिटी सदस्यद्वय पर्शुराम नामले चिनिने कृष्ण बस्नेत र महेश भट्टराई, जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की र महानगर अध्यक्ष सागर थापाको नाम सिफारिस भएको हो।

महानगर उपप्रमुखमा प्रदेश कमिटी सदस्य विमला घिमिरे दाहाल, जिल्ला सदस्य अन्जु उपाध्यय र महानगर कमिटी उपाध्यक्ष शिल्पा कार्की सिफारिस भएका छन्।

ललितपुरमा ब्यन्जनकार
ललितपुर महनगरमा एमालेले २०७४ सालको निर्वाचनमा थोरै मतले पराजित भएका हरिकृष्ण ब्यन्जनकारलाई फेरि उम्मेदवार बनाउने भएको छ।  उपमेयरमा भने दुई जनाको नाम सिफारिस भएको छ।
उपमेयरमा मञ्जरी शाक्य आस्था  र सरस्वती खड्काको नाम सिफारिस भएको ललितपुर एमालेले जनाएको छ। गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु  मर्हजनले ३२९ मतले व्यञ्जनकारलाई पराजित गरेका थिए।

काठमाडौं शाक्यसहित पाँच
नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर तथा उपमेयर पदमा उम्मेदवारका लागि ९ जना आकांक्षीहरुको नाम सिफारिस भएको छ।

मेयरका लागि काठमाडौंका हालका मेयर विद्यासुन्दर शाक्यसहित ५ जनाको नाम सिफारिस भएको छ। मेयरका लागि शाक्यसहित केशव स्थापित, रामवीर मानन्धर, निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस भएको हो।

यस्तै, उपमेयरका लागि रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले र शान्ति अधिकारीको नाम सिफारिस भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित