काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन बैठक बोलाएको छ ।। नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन बैठक बोलाएको छ ।
गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन् ।
बैठक शनिबार पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
स्थानीय तह निर्वाचनको मिति नजिक आउँदै गर्दा प्रतिपक्षी दल नेकपा एमालेले विभिन्न पालिकामा उम्मेदवार टुंगो लगाएको छ ।
कांग्रेस समेत गठबन्धनमा रहेका दलहरु अहिले पनि आन्तरिक छलफलमा जुटिरहेका छन् ।
Discussion about this post