Khabar Samachar

हाजिरी जमानीमा छुटे ‘प्रसाद २’ विवादमा पक्राउ परेका ‌ओमप्रकाश अग्रवाल

200
VIEWS

फिल्म ‘प्रसाद २’ को विवादमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल हाजिरी जमानीमा छुटेका छन्।

आइतबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयको अनुमतिमा जिल्ला प्रहरी परिसर काठमाडौंले अग्रवाललाई हाजिरी जमानीमा छाडेको हो।

अग्रवाललाई उनका कानुनी सल्लाकार आशिष श्रेष्ठ वैद्यको जिम्मा जमानीमा छोडिएको जिल्ला प्रहरी परिसर काठमाडौं एक अधिकारीले जानकारी दिए।

‘आजै बयान सकिएकाले जिम्मा जमानीमा छाडेका हौं,’ परिसरका एक अधिकारीले भने।उनलाई प्रहरी वृत्त बौद्धको टोलीले शुक्रबार काठमाडौं महानगरपालिका-२९ बाट पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित