Khabar Samachar

गठबन्धनको विषय आइतबारसम्म टुंगिन्छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’

209
VIEWS

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  भोलिसम्ममा गठबन्धनको टुंगो लागिसक्ने बताएका छन्। सत्ता साझेदार दलका बीच स्थानीय तह  निर्वाचनमा हुने गठबन्धनको विषय आइतबारसम्ममा टुंगिने बताएका हुन्।

भरतपुर विमानस्थलमा शनिबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए।

उनले भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ।’निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए। भरतपुर महानगरका विषयमा छलफल भइरहेको उनको भनाइ थियो।

भरतपुर महानगरको मेयरका विषयमा पनि छलफल भइरहेको प्रचण्डले जानकारी दिए।

‘केही समस्या हुँदैन। सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ,’ उनले भने।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो।

निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित