Khabar Samachar

Search
Close this search box.

नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव भेटियो

201
VIEWS

काठमाडौँको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव भेटिएको छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर अनुसन्धान थालेको छ । घटनास्थलमा रगत र सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।उनी लागु औषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित