Khabar Samachar

Search
Close this search box.

नेपालीको उद्धार गर्न परराष्ट्रमन्त्रीसहितको टोली लिएर इजरायल उड्यो जहाज

204
VIEWS

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिहीबार बिहान साढे ३ बजे मन्त्री साउदसहितको टोली लिएर नेपाल एयरलाइन्सको जहाज इजरायल उडेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ।

उक्त जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने छ।

सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ।

इजरायलमा हमासको हमलामा परी १० नेपाली विद्यार्थी मारिएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो।

पहिलो चरणमा बिहीबार २ सय ५४ विद्यार्थीलाई स्वदेश ल्याउने तालिका छ।

इजरायलबाट स्वदेश फर्किन ३ सय ५० नेपाली नागरिकले नाम टिपाएका छन्। तीमध्ये २ सय ५४ विद्यार्थीलाई बिहीबार साँझ स्वदेश ल्याइपुर्‍याउने तालिका छ।

इजरायल गएको नेपाल एयरलाइन्सको एयरबस ३३० वाइडबडी जहाज २ सय ७४ सिट क्षमताको मात्र छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित