Skip to main content

Khabar Samachar

Search
Close this search box.

झापामा एमाले नेता कार्यकर्ताको गाडी तोडफोड

205
VIEWS

झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ता तोडफोडमा उत्रिएका छन् । युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड गरिएको हो । बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको हो । तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार तोडफोडमा संलग्न पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ता भएको बुझिएको छ । तोडफोडमा संलग्नको खोजी भएपनि पक्राउ परिनसकेको डीआइजी बास्तोलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित