Khabar Samachar

Search
Close this search box.

एसीसी यू-१९ प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

211
VIEWS

एसीसी यू-१९ प्रिमियर कपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित हात पारेको छ।

आइतबार भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै दोस्रो जित निकालेको हो। बहराइनले दिएको ७८ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्यो। एक समय २.३ ओभरमा ३-१० को अवस्थामा रहेको नेपालका लागि कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले इनिङस् उकासेका थिए। चौथो विकेटका लागि कप्तान देव र अर्जुनले ६८ रनको अविजित साझेदारी गर्दै नेपाललाई सानदार जित दिलाए।
अर्जुन र देव दुवैले समान ३२ रनको अविजित पारी खेले। ३१ बलको सामना गरेका अर्जुनले ५ चौका हाने। कप्तन देव खनालले २७ बलमा ४ चौका र १ छक्का हान्दै ३२ रनमा नटआउट रहे।

त्यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा नै खेल जारी रहँदा नेपालले ३ विकेट गुमाएको हो। नेपालले पहिलो ओभरको तेस्रो र चौथो बलमा विकेट गुमाएको हो। नेपालले पहिलो ओभरको तेस्रो बलमा ओपनर दिपक बोहोरालाई शुन्य रनमा गुमाएको थियो। चौथो बलमा नै विकेट किपर उत्तम राङगु थापा मगर एलबीडब्लु धरापमा परे। दोस्रो ओभर सकिदा नेपालले २ विकेटको क्षतिमा १० रन बनाएको छ।

तेस्रो ओभरको तेस्रो बलमा दिपक प्रसाद डुम्रे १ रनमा क्याच आउट भए।

त्यसअघि मलेसियाको क्वालाम्पुरस्थित वायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाउँदा अलआउट भयो।

बहराइनलाई कम स्कोरमा रोक्न घाटक बलिङ गरेका दिपेश कडेँल एक्लैले ६ विकेट लिए। ९.५ ओभर बलिङ गरेका दिपेशले ८ मेडन राख्दै मात्र ४ रन दिए।

दुर्गेसले ८ ओभरमा १ मेडन राख्दै २२ रन दिएर ४ विकेट लिए। बहराइनका ब्याटरहरु नेपालका बलरसामु लामो समय क्रिजमा टिक्न सकेनन्।

एक समय १०.५ ओभरमा १७–४ को अवस्थामा रहेको बहराइनका लागि पाचौँ विकेटका लागि मुहम्मद बसिल अअब्दुल हाकीम र अविनभ गिरिस वशिष्टले ४४ रनको साझेदार गर्दै इनिङस् उकासेका थिए।

मुहम्मदले सर्वाधिक ३४ रन बनाउँदा दुर्गेशको बलमा बोल्ड आउट भए।

समुह चरणको अन्तिम खेलमा नेपालले कार्तिक २ गते साउदी अरेबियासँग खेल्ने तालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित