Khabar Samachar

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

204
VIEWS

चीन भ्रमणका क्रममा हृदयघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘डिस्चार्ज’ भएका छन् ।५ दिन अस्पतालको बसाईपछि श्रेष्ठ डिस्चार्ज भएका हुन् ।तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ आइपुगेका छातीमा दुखाइ भएपछि श्रेष्ठ उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए । अस्पताल पुगेलगतै उनको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा मुटुको बायाँ धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको थियो ।डिस्चार्ज भएपछि श्रेष्ठले उपचारमा संलग्न पेकिङ युनियन मेडिकल कलेज अस्पतालका प्रोफेसर झाङ सुयाङलगायत सम्पुर्ण हस्पिटल परिवार र बेइजिङस्थित नेपाली राजदुतावास परिवारलाई आभारसहित धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै स्वास्थ्य अवस्थाप्रति चासो, चिन्ता र शुभेक्षा राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् । श्रेष्ठ कार्तिक ८ गते बिहान स्वदेश फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित