Khabar Samachar

Search
Close this search box.

संयुक्त राष्ट्रसंघका महासचिवको सम्मानमा रात्रिभोज

217
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोजमा नेपाल सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा महासचिव गुटरेस चारदिने भ्रमणका क्रममा शनिबार राति काठमाडौँ आइपुगेका हुन् । आइतबार उनले प्रधानमन्त्री दाहाल, राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री एनपी साउद, रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उनले पाटन दरबार क्षेत्रको अवलोकन समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित