तनहुँमा एमाले र कांग्रेस पूर्वनेता जोशी समूहले चुनावी तालमेल गर्ने

205
VIEWS

नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ ।

शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि भएको छ ।

गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँका पालिकाहरुमा एमालेसँग तालमेल गर्ने सहमति भएको बताए । ‘एमालेसँग प्रत्येक पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवार बनाउने सहमति भएको छ,’ उनले भने ।

दीपकराज जोशीले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन् ।

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो ।

जोशीमाथि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई जिताउन भूमिका खेलेको आरोप थियो । तत्कालीन नेकपा एमालेका सांसद श्रेष्ठ, एमाले विभाजनपछि हाल माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on pinterest
Share on telegram
Share on email
Share on pinterest
Share on reddit
Share on skype
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित