Skip to main content

Khabar Samachar

Search
Close this search box.

माओवादी केन्द्रको काठमाडौं केन्द्रित प्रदर्शन स्थगित

204
VIEWS

सत्तारुढ नेकपा माओवादी केन्द्रको मंसिर २२ को सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ । माओवादी केन्द्रका महासचिव देव  गुरुङले आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरिएको बताए ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । ‘भूकम्प प्रभावित क्षेत्रमा खटिनु छ । रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा गर्न लागिएको जनपरिचालन कार्यक्रम उक्त मितिमा नगर्ने निर्णय गरिएको छ,’ उनले भने ।

सत्तासीन माओवादीले नै सडक संघर्षको कार्यक्रमको घोषणा गरेपनि आलोचना पनि भएको थियो । यस्तै चियापान लगायनका कार्यक्रम पनि तिहारसम्मका लागि स्थगित गरिएको महासचिव गुरुङले बताए । माओवादी केन्द्रले पार्टीको रुपान्तरण अभियान भने जारी राखेको छ ।

माओवादीले भूकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जवसरमोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिइएको छ । यसबारे माओवादीले सर्कुलर जारी गर्दै केन्द्रीय कार्यालय मातहतका समितिलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित